काठमाडौं— नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय र चाँदी १५ रुपैयाँ घटेको छ । 

मूल्य घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सुन आइतबार प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको थियो । 

यता आज असली चाँदीको मूल्य प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।