काठमाडौं— नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।

सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्न, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगायतका नारा लेखिएका ब्यानरसहित आन्दोलनकारीहरूले प्रदर्शन उत्रिएका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका थिए ।