काठमाडौँ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तराष्ट्रिय बजारमा एक आँैस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।

स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु एक हजार दुइ सयले वृद्धि भइ रु एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो  

OM Sai Pathibhara Hospital

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ । बुधबार एक तोला चाँदी रु एक हजार आठ सय ३० मा किनबेच भएको थियो ।