झापा : झापामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा शुक्रबार राति भारतीय नागरिकको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डब्लूबी ७४ एजी १२२५ नम्बरको कारले शुक्रबार राति ९ः३० बजेतिर मेचीनगर नगरपालिका–१५ मा ठक्कर दिँदा भारतको पश्चिम बंगालका २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादक घाइते भएका थिए । घाइतेलाई उपचारका लागि धुलाबारीको आम्दा अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ अप्पुलाई चिकित्सकले मृत घोषित गरेका हुन् । केशवलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार मृतक र घाइते दुवै जना भगवती प्लाई फ्याक्ट्रीमा कार्यरत मजदुर हुन् । प्रहरीले कार र चालक भारतको पश्चिम बंगाल बागडुग्राका अन्दाजी २३ वर्षीय रोशन खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।