काठमाण्डौ । माटोको भाँडा बनाउँने पेशा गर्ने कुमालेले जसरी कालोमाटो लाई आफूले चाहे जस्तो आकार दिएर राम्रा र उपयोगी भाँडा बनाउँन सक्छ।तिनै कुमालेले बनिसकेको भाँडालाई भने फेरी आफूले चाहेको स्वरुपमा नयाँ भाँडा बनाउँन सक्दैनन्।
साना-बच्चाहरु भनेको कुमालेले माटोको भाँडा बनाउँन ठिक्क पारेको कालिमाटी जस्तै हो।साना उमेरका हुर्कदै गरेका बच्चाहरुलाई तिनका अभिभावकले अनुशासित,असल र संस्कारी बनाउँनको लागी महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
सन्तानलाई सानैदेखी लापरबाही र निष्फिक्री छोडिदिने उनीहरुलाई संस्कार र अनुशासन नसिकाउँने असल र खराब के हो भन्ने नबुझाइदिने अनि गर्न हुने र गर्न नहुने कामहरु नबताइदिने।हुर्किदै गरेका सन्तानलाई समयको महत्व,लगन र मिहिनेतको बारेमा नबुझाइदिने गरिएको छ भने त्यस्ता मध्ये अधिकांश सन्तानहरुले बाटो बिराउँछन्।
सानैदेखि साथी-संगती,लहलहै र देखासिकीमा बाटो बिराएर अनुशासनहिन भएका,कुलत र दुर्व्यसनीमा फसिसकेका र सानातिना अपराध पनि गर्न थालेका युवालाई सुधारेर सही बाटोमा ल्याउँन अभिभावकलाई धेरै गार्र्हो पर्छ।कतिपय त जीवनभर सुध्रिन र सही बाटोमा आउँनै नसक्ने भईसकेको हुन्छन्।त्यतिबेला पछुत्तो सिवाय बाँकी केही रहँदैन।
आजकल अभिभावकहरुले आफ्ना बच्चालाई सानैदेखी बेफिक्री छोडिदिने,उनीहरुले मागेका हरेक सामान ल्याइदिने,भनेजती पैसा दिने।आफ्ना हुर्किदै गरेका सन्तान घर-बाहिर कता जान्छ ? कस्तो साथीसंगतीमा रमाईरहेको होला ? उ कतै युवा उमेरदेखी नै चुरोट,सुर्ती जस्ता स्वास्थ्य लाई असल पुग्ने कुराहरु त खान थालिसकेन ? लागु-औषध दुर्व्यसनीको पहिलो खुड्कीले चुरोट हो।चुरोट हुँदै विस्तारै सम्हालिनै नसक्ने गरेर लागु औषध खाएका धेरै उदाहरण समाजमा छन्।
बच्चाहरु सधैं मायाका भोका हुन्छन्।माया असाध्यै गर्नुपर्छ।जब,हुर्किदै जान्छन् उनीहरुलाई थोरै अभिभावकको डर पनि हुनपर्छ।त्यो डर भनेको मैले गलत गर्दा मेरो बा-आमा रिसाउँछन् भन्ने।सानामा त हामी हाम्रा सन्तानलाई बोकेको-बोक्यै एकछिन भूईमा नराखी हेरबिचार गर्छौं।त्यहि सन्तान जब स्कुलमा -आठ,नौ र दश कक्षा हुँदै एघार-बार्र्ह कक्षामा प्रवेश गर्छन् तब हामी उनीहरु ठूला ठानेर अलिक कम समय दिन्छौ।बच्चाहरुले बाटो बिराइदिने उमेर भनेकै यहि उमेर हो।
यहि बेलामा हामीले बच्चाहरुलाई अलिक बढी समय र ध्यान दिने गरौं।मेरा बाआमा धनी छन् भन्ने होइन।मेरा बाआमाले हाम्रो लागी हामीलाई हुर्काउँन,बढाउँन र पढाउँन निकै दुःख मिहिनेत गरेका छन् र हामीले हाम्रा बाआमा लाई गलत बाटोमा हिडेर निराश पार्न हुँदैन भन्ने सोच र भावना बच्चाहरुमा विकास गरिदिउँ।बेलाबेलामा स्कुल-कलेज गएर आफ्नो बच्चाको पढाई,अनुशासन लगायतका कुरामा जानकारी लिने गरौ।
एघार-बार्र्ह कक्षामै मोटरसाइकल किनिदिने अनि छोराहरु अनियन्त्रित तरिकाले बाइक हाँक्दिने गर्नाले कति होनाहार युवाहरु सडक दुर्घटनामा परेर घाईते,अपांग र यो संसारलाई सधैंका लागी छोडेका छन्।हेलमेट नलगाई बाईक कुदाउँने,साथिभाई बीच तिव्र गति हाँक्ने प्रतिष्पर्धा गर्ने र स्टन्ट देखाउँने जस्ता कुराहरुले गर्दा धेरै अभिभावकहरु रोइरहेका छन्।
हुर्केको छोरालाई बाइक त किन्दिने तर,उस्ले कसरी चलाउँछ निगरानी पनि जरुरी छ।बच्चालाई भन्नुस् न-तैले ओभर स्पिडमा बाइक चलाएको देखें र थाहा पाए भने त्यसै दिनदेखी तैले चलाएको बाइकमा सधैंको लागी साँचो लाग्छ भनेर।घरबाट अलिक पर छोराले बाइक चलाउँने सडकमा बेलाबखत हेर्ने गर्नुस् न।यो ध्यानाकर्षण कलिलै उमेरमा आफ्नै गल्तीले मोटरसाइकल दुर्घटनामा परेका समाचार र भिडियोहरु देखेको र पढेको कारण हो।
हामी अभिभावक सन्तानको खुशी र प्रगतिको लागी बाँचेका हुन्छौं।त्यहि सन्तान गलत बाटोमा हिड्दिएका कारण सन्तान,अभिभावक र परिवारकै जीवन नरक झैं बनिदिन्छ।
सानैदेखी अभिभावकले ध्यान दिने हो भने माथि लेखिएको कुरा सन्तान माथी लागू गरिदिने हो भने उनीहरु होनाहार र यो देशको असल नागरिक बन्छन्।