काठमाडौं–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा राखेको पोस्ट आफूले डिलिट नगरेको स्पष्ट पारेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले आफू गलत भए पक्राउ गर्न सरकारलाई चुनौती पनि दिएका छन् ।  

उनको सचिवालयका अनुसार‚ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारे लेखिएको स्टाटस फेसबुकले धेरै रिपोर्ट पछि हटाएको हो । बालेनले फेसबुकबाट हटाइएको स्टाटसप्रति प्रतिक्रिया दिँदै भनेका छन्‚ ‘पोस्ट उडाउने हैन‚ दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ‚ हैन भने दोषी समाऊ ।’ 

OM Sai Pathibhara Hospital

बालेनले सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको आरोप लगाउँदै किन उनलाई पक्राउ नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न गरेका थिए । उनले महानगरले दुई महिनादेखि कारबाहीको आग्रह गर्दा पनि सरकारले कदम नचालेकोमा आपत्ति जनाएका हुन् ।