काठमाडौं–सहकारी बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय समितिको कार्यावधि १५ दिन थप गरिएको छ। सभापति सूर्यबहादुर थापाको प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गर्यो।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘नेपाल विश्वविद्यालय विधेयक’ र ‘सार्वजनिक सेवा प्रशारण विधेयक’ को प्रतिवेदन संसदमा पेश गरे।
‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ छलफलका लागि समितिमा पठाइयो । अर्को बैठक भदौ २४ गते १ बजे बस्नेछ ।






































