काठमाडौं–सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको ४.२ रेक्टर स्केलको भूकम्पका कारण स्थानीयवासी त्रसित भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:११ बजे भूकम्प जाँदा स्थानीयवासीहरू आत्तिएर घर बाहिर निस्किएका हुन् । यद्यपि‚ क्षति भएकोबारे खबर प्राप्त भएको छैन ।

OM Sai Pathibhara Hospital

यसअघि‚ भाद्र १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समय देशका विभिन्न भागमा भूकम्पका धक्का महसुस भइरहेका छन् ।

विज्ञहरूका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले सतर्क रहनुपर्ने बताउँछन् ।