काठमाडौं–संसदीय सुनुवाइ समितिले इजरायल‚ मलेसिया‚ पाकिस्तान‚ र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्पन्न गरेको छ ।

समितिले प्रा. धनप्रसाद पण्डित (इजरायल)‚ डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया)‚ रिता धिताल (पाकिस्तान)‚ र प्रकाशमणि पौडेल (पोर्चुगल) को सुनुवाइ गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रस्तावित राजदूतहरूले नेपाल र सम्बन्धित मुलुकबीचको द्विपक्षीय सम्बन्ध‚ व्यापार‚ र पर्यटनको प्रवर्द्धनका सम्भावनाबारे समिति समक्ष आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।

यसअघि समितिले भारत‚ चीन‚ जर्मनी‚ र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिसकेको छ ।

अब कतारका लागि रमेशचन्द्र पौडेल‚ रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान‚ साउदी अरबका लागि नरेशविक्रम ढकाल‚ दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ‚ दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फेको संसदीय सुनुवाइ बाँकी नै छ ।

स्पेनका लागि सनिल नेपाल‚ श्रीलङ्काका लागि रामकृष्ण भट्टराई‚ संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको पनि संसदीय सुनुवाई केही दिनभित्रै हुनेछ ।