सुनसरी  ।   सुनसरीको धरान उप-महानगरपालिका-१३ निसाने स्थितबाट लागुऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ १७ गते बिहान ९ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट चेकिङ्ममा खटिएको प्रहरी टोलीले बा. ११ च ५९४३ नम्बरको कारलाई चेकजाँच गर्दा कार भित्र ४ वटा बोरामा प्याकिङ गरि लुकाई छिपाई राखेको ९८ किलोग्राम गाँजा बरामद गरेको हो।

OM Sai Pathibhara Hospital

गाँजा बरामद भएसगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।