काठमाडौं–सर्लाहीमा नक्कली नोट बनाउने आठ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय‚ सर्लाहीका अनुसार जिल्लाको गोडैटा नगरपालिका–१२ मधुवनी गाउँमा भाडामा लिएको एक घरमा उनीहरू नक्कली नोट बनाउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेहरूमा काठमाडौंका सौगात थापा मगर‚ विजय लामा‚ सर्लाहीका जनार्दन सिंह‚ भारतका राजीव ठाकुर‚ रौतहटका सुबोध कुमार र विशाल राईलगायत अन्य दुई जना रहेका छन् ।

प्रहरीले उनीहरूबाट नक्कली नोट बनाउन प्रयोग हुने कागज र रसायन पनि बरामद गरेको छ । पक्राउ परेका सबैमाथि सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिई गरी थप अनुसन्धान भइरहेको छ ।


Fake Note