काठमाडौं–पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालक ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भई सडक किनारको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो ।

OM Sai Pathibhara Hospital

गम्भीर घाइते भएका मगरलाई रामपुर अस्पताल पुर्याइएको थियो‚ जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । यो जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले दिएका छन् ।