काठमाडौं–सहकारी संस्थामा भएको रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीहरूसँग छलफल सुरु गरेको छ ।

समितिले यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला सहकारीका प्रतिनिधिसँग पनि छलफल गरिसकेको छ । समितिले देशभरका सबै स्थानीय तहसँग सहकारीसम्बन्धी विवरण माग गरेको छ ।

OM Sai Pathibhara Hospital

तर‚ अहिलेसम्म धेरै स्थानीय तहबाट विवरण प्राप्त भएको छैन । समितिका सभापति सूर्यबहादुर थापाले पाँच दिनभित्र सबै पालिकाबाट विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई आग्रह गरेका छन् ।

समितिले गोरखा मिडिया नेटवर्कमा आबद्ध अधिकारीहरूसँग पनि छलफल गरिसकेको छ । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि समितिले छलफल गरिसकेको छ ।

रकम फिर्ता पाउने आशामा सहकारी पीडितहरूले समितिको कामलाई निकै चासोका साथ हेरिरहेका छन् । समितिले छिट्टै यस विषयमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।