काठमाण्डौ  ।   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ ।महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनबारे जानकारी दिएका हुन् । पोख्रेलले निर्वाचन सम्पन्न गर्नका लागि सबैले रचनात्मक सहयोग गर्न अपिलसमेत गरेका छन् । यसअघि पटकपटक मिति तोकिए पनि महासङ्घको निर्वाचनका हुन सकेको थिएन ।

महासंघ आफैमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यस संग सरोकार राख्ने पक्षको आवाजलाइृ सुन्ने र सम्वोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल अलमल देखिन पुगेको स्पष्ट गर्न चाहेको विज्ञपतीमा उल्लेख छ।

OM Sai Pathibhara Hospital