काठमाडौं–जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । ललितपुर‚ गोदावरी नगरपालिका–१४ ठैबस्थित आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ५२ वर्षीय जगत विर देसारसहित ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रुपैयाँ र १ बुक ताससहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।