काठमाडौं–निरन्तरको वर्षाका कारण देशभरको हवाई उडान सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडानहरू रद्द वा ढिला भएका छन् ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार प्रतिकूल मौसमका कारण एयर चाइनाको उडान डाइभर्ट भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि केही ढिला भएका छन्। आन्तरिकतर्फ पोखरा‚ भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म बन्द रहेका छन् ।

OM Sai Pathibhara Hospital

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार मौसमका कारण भरतपुर‚ पोखरा र नेपालगञ्जको क्षेत्रीय उडान समेत प्रभावित भएको छ । काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ ।

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनको प्रभाव रहेको र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यसै कारणले हवाई उडान सेवामा अझै केही दिन असर पर्ने अनुमान गरिएको छ ।