काठमाडौं–डुम्रे–बेँसीसहर सडक अविरल वर्षाका कारण लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार, ठूलो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । 

OM Sai Pathibhara Hospital

सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका छन् । यो स्थानमा विगत तीन वर्षदेखि बर्सेनि पहिरो खस्न थालेको छ, जसले बेँसीसहरबाट अन्य प्रमुख स्थानहरूमा यात्रा गर्ने र मनाङवासीको आवतजावतमा समस्या भएको छ ।