काठमाडौं–नारायणगढ–मुग्लिन सडकको आँपटारीमा रुख ढलेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । बिहान ८ बजेको समयमा भरतपुर महानगरपालिका–१ आँपटारीमा ढलेको रुखले राजमार्ग अवरुद्ध भएको थियो । सुरक्षाकर्मीले रुख काटेर हटाएपछि बिहान १० बजेबाट सडक सञ्चालनमा आएको हो ।