काठमाडौं–चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा आज बिहान भारतीय बस आर ०१ आई ६३७२ नम्बर र नेपाली ट्रक ग २ ख ११०८ नम्बर ठोक्किँदा ट्रकमा सवार तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ का २८ वर्षीय राजन क्षेत्री, बाराका मन्ज रावल, र आशिष चौरासिया रहेका छन् । 

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, बसका सबै यात्रु सकुशल छन् । दुर्घटनापछि बस चालक फरार भएका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ । यद्यपि, अहिले सडकखण्डमा यातायात पुनः नियमित रूपमा सञ्चालनमा रहेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिएका छन् ।