काठमाण्डौ  ।   नेपाल आयल निगमले इन्धनको मूल्य घटनाएको छ। निगमले आज सार्वजनकि गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ , मट्टितेल र डिजलमा प्रतिलिटर  १ रुपैयाँले मूल्य घटाइएको छ।  

नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ ।पेट्रोल र मट्टितेलको मुल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।

OM Sai Pathibhara Hospital

यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५  रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासमा बढेर आएपछि हाललाई यथावत राखिएको छ ।