काठमाडौं–सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन कानुनहरू परिमार्जन गर्ने योजना बनाएको बताएका छन् ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सञ्चार क्षेत्रसँग सम्बन्धित पुराना कानुनलाई समयसापेक्ष संशोधन गर्दै नयाँ कानुन निर्माणमा सरकार अग्रसर रहेको बताए ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय समाचार समिति‚ रेडियो नेपाल‚ नेपाल टेलिभिजन लगायतका संस्थाहरूलाई अद्यावधिक गर्न आवश्यक कानुन निर्माणमा सरकार लागिपरेको उनको भनाई थियो ।

सामाजिक सञ्जाल नियमन र साइबर अपराधसम्बन्धी कानुनहरू अन्तिम चरणमा रहेको बताउँदै उनले सार्वजनिक प्रसारण ऐन (पिएसबी) र मिडिया काउन्सिल विधेयक छलफलमा रहेको जानकारी दिएका छन् ।

उनले गण्डकी प्रदेशमा सरकार पुनःगठनको आवश्यकतालाई जोड दिँदै उनले वर्तमान सत्ता गठबन्धन २०८४ सम्म कायम रहने धारणा व्यक्त गरेका छन् ।