काठमाडौं–अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो लगायतका विपद्‍मा परी १४५ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो।

OM Sai Pathibhara Hospital

यस विपद्‌मा परी १७४ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। यसबाहेक, ७३ जनाको उद्दार गरिएको छ ।

उद्दार गरिएकाहरूमा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन्। विपद्का घटनामा परी ४७ जना वेपत्ता भएका छन्। वेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी छ।