काठमाडौं–गएराति आएको वर्षाले गोरखामा एक घर बगाएको छ ।

जिल्लाको धार्चे गाउँपालिका–५ सिङलास्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो ।

OM Sai Pathibhara Hospital

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार ११ घरमा लेदो सहितको पहिरो पस्दा उच्च जोखिममा छन् ।

स्थानीय जोखिम मोलेर त्यस ठाउँमा बस्न बाध्य भएका छन् । २०७२ सालको भूकम्प पछि रुकाङ डाँडाको पुरङ गाउँको सिरानमा भूकम्पले जमिन चिरा चिरा परेकाले वर्षायाममा पहिरोको डरले सताउने गरेको छ ।