काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको पनि महाशाखाको भनाइ छ । बिहान देशभर साधारणतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी  प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जसअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली  र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी प्रदेशको एक दुई स्थानमा  भारी  वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ । 

OM Sai Pathibhara Hospital

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।