काठमाण्डौ  । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन्। शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो। डोनाल्ड ट्रम्पमाथि गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।Screenshot_2024_0714_065913

OM Sai Pathibhara Hospital

घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए । पेन्सिलभेनियामा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो । राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन् ।Screenshot_2024_0714_065847