काठमाण्डौ  ।   मुगु जिल्लाको मुगुम कार्मारोङ गा.पा. वडा नं. ०१ डोल्फु गाउँको  २४ वटा घर र एउटा सार्वजनिक गुम्बा डाँका चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरिले पक्राउ गरेको छ ।

जिल्ला मुगु, मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा मिति २०८१/०२/१२ गते राती अन्दाजी २०:०० बजेको समयमा बिष्णु बहादुर बुढा समेतका ७/८ जना अपरिचित व्यक्तिहरूको समुहले मुखमा मास्क लगाई हातहतियार सहित गाउँमा प्रवेश गरी गोली पड्काई केही स्थानीय मानिसहरूलाई कुटपिट समेत गरी डरत्रासमा पारी सोही गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना (अन्दाजी सुन ३५ तोला, चाँदी ९९४.५ तोला, बुद्धको मुर्ति-२, रिणमोक्षको मुर्ति-१, मुगाको माला अं.९५ तोला, यार्सा, मोबाईल, नगद रु.५०,२५,०००।-) समेतका धनमालहरु लुटी  फरार रहेका व्यक्तिहरु मध्ये तीनजना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।