काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुनको सक्रियतामा कमी आउने बताएको छ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकोमा आजदेखि न्यून चापिय रेखा क्रमिक रुपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने र वर्षाको मात्रामा पनि कमी आउने सम्भावना रहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहने छ।  सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।   

OM Sai Pathibhara Hospital

राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।