काठमाडौँ- नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने गरी नेपाली कांग्रेस र एमालेबीच सम्झौता भएको सातदिन बित्न लाग्यो। अहिलेसम्म सत्तारुढ एमाले सत्ताबाट बाहिरियो भने प्रतिपक्षमा पुग्यो। 

मधेस प्रदेशमा पनि वर्तमान जनमत पार्टीको सरकारलाई समर्थन दिन नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मत दिए। मधेसमा जनमतकै सतिशकुमार सिंहको सरकार छ। तर त्यही जनमतले भने केन्द्रमा माओवादीलाई नै समर्थन दिएको छ। यतिसमय बितिसक्दा पनि जनमत बाहिरिएको छैन। यसले गर्दा कांग्रेस एमालेले सीके राउतको अवस्थालाई दुई नाउमा खुट्टा हालेको बताइरहेका छन्।

जनमत अहिले मौन छ। अबको सरकारलाई समर्थन दिने नदिनेबारे पनि जनमतले निर्णय लिएको छैन। जनमतले भाबी सरकारलाई समर्थन गर्छ वा गर्दैन ठूला संशयमा देखिन्छन्। तर जनमतले भने तत्काल केन्द्र सरकारबाट समर्थन फिर्ता लिने बताएका छन्। 

मधेसबाट भने माओवादी केन्द्र, एसका मन्त्रीहरू बर्खास्तमा परेका छन्। यता, केन्द्र सत्ताबाट भने तत्काल बाहिरिने निर्णय भएको जनमत सचिव बीपी शाह बताउँछन्।

उनी तत्काल पार्टीले निर्णय लिने सुनाउँछन्। जनमतसँग केन्द्रमा ४ सिट छ। हालको सरकारमा पनि प्रचण्डले बोलाएका थिए। तर नयाँ मन्त्रीबाट छलफल गर्दागर्दै सरकारको दिनगन्ति सुरु भयो। अब नयाँ सरकारमा जाने नजाने जनमतले छलफल गरेको छैन।