काठमाडौं— लगातारको वर्षाले नदीको सतह बढेको छ । देशभरका ठूला नदीले खतराको चिन्ह पार गरेका छन् । सप्तकोशी व्यारेजमा पानीको बहाव बढेपछि सबै ढोका खुला गरिएको छ । सप्तकोशी व्यारेकमा ५६ ढोका छन् । आइतबार बिहान ९ बजे कोशी व्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ। कोशीमा पानीको सतह यो वर्षकै उच्च सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए। यादवका अनुसार कोशीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो। अहिले ब्यारेजको ५६ वटै वटा ढोका खोलिएको छ।

काठमाडौं— लगातारको वर्षाले नदीको सतह बढेको छ । देशभरका ठूला नदीले खतराको चिन्ह पार गरेका छन् । 


सप्तकोशी व्यारेजमा पानीको बहाव बढेपछि सबै ढोका खुला गरिएको छ । सप्तकोशी व्यारेकमा ५६ ढोका छन् । 


आइतबार बिहान ९ बजे कोशी व्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ। कोशीमा पानीको सतह यो वर्षकै उच्च सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 


शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए।  


यादवका अनुसार कोशीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो। अहिले ब्यारेजको ५६ वटै वटा ढोका खोलिएको छ।