काठमाण्डौ  ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ।अहिले बिहान देशभर साधारणतया देखि पूर्णतया बदली छ। कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। सातै प्रदेशका धेरै स्थानहरुमा राति पनि मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावमा रहेको महाशाखाले जनाएको छ।