काठमाण्डौ । काठमाडाैंमा धर्ना बस्दै आएका क्रसर व्यवसायीहरुको माग सम्बोधनका लागि पहल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएको छ । मन्त्रालय सहमत भएसंगै क्रसर व्यावसायीहरूले पनि आन्दाेलन स्थगित गरेका छन् ।

यो सहमतिसँगै क्रसर व्यवसायीहरुले तीन सातादेखि जारी आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको उपस्थितिमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका सहसचिव मीनबहादुर शाहीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

वार्तामा संसदमा दर्ता भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० छिटो पारित गर्न मन्त्रालयले समन्वयकारी भूमिका खेल्ने, नवीकरण छुट भएका उद्योगहरुको नवीकरणका लागि आवश्यक व्यवस्था गर्ने र २०७९ साल माघ ११ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय कार्यान्वयन गराउन पनि भूमिका खेल्ने सहमति भएको छ ।

सहमति पत्रमा मन्त्रालयको तर्फबाट डा. नारायण प्रसाद रेग्मी र क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले हस्ताक्षर गरेका छन् ।