काठमाण्डौ । अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् । 

इन्डिगो एयरको उडानबाट काठमाडौँबाट दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र निजकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ गरिएको हो । 

OM Sai Pathibhara Hospital

उनिहरुको साथबाट १९ हजार ५९ अमेरिकी डलर, ८ हजार ९ सय ६६ चिनियाँ युआन र ६० हजार २ सय बरामद गरिएको केन्द्रीय प्रहरी  जनाएको छ । उनीहरूलाई प्रहरिले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।