काठमाडौँ- २०७२ साल भदौ २५ गते सशस्‍त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेका  पूर्वसांसद कौशलकुमार यादवलाई पक्राउ गरेको छ। 

घटना भएको ८ वर्षपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवलाई पक्राउ गरी आइतबार जिल्ला अदालतमा उपस्थित गराएको डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।

OM Sai Pathibhara Hospital

उनी महोत्तरी क्षेत्र नम्बर ४-१ बाट मधेस प्रदेश सभा सदस्य बनेका थिए। उनीमाथि २०७२ साल भदौ २५ गते असई विकको हत्या भएको थियो।

शनिबार राति सवा १० बजेतिर सम्सी गाउँपालिका वडा नम्बर ५ स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कार्पियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०२-००१ च ००४५ नम्बरको महेन्द्र पिकअप गाडीले ठक्कर दिएको थियो। 

ठक्कर दिएर उक्त पिकअप गाडी फरार भएको भन्ने सूचना प्रहरीले पाएको थियो। 

उक्त सूचनापछि खटिएको प्रहरीको ठोलीले स्कार्पियो गाडीमा सवार चालकसहित तीन जना घाइतेलाई उपचारका लागि मेडिकलमा पठाएको थियो। 

ठक्कर दिने गाडीको खोजी गर्दा उक्त गाडीमा यादव सवार रहेको खुलेको हो। जिल्ला प्रहरी कार्यलय स्रोतका अनुसार उनले मापसे गरी सवारी चलाएका थिए। 

प्रहरीले दुर्घटना गराएर भागेका व्यक्तिलाई खोजी गर्ने व्यक्तिको खोजी गर्दा हत्या आरोपमा फरार समेत रहेका यादवलाई पक्राउ गरेको हो।

थमन विकको हत्याको अनुसन्धान गरी प्रहरीले २८ जनाविरूद्ध २०७५ साउन २८ गते कर्तव्यज्यान मुद्दामा दर्ता भएको थियो। 

त्यस घटनामा पूर्वसांसद यादव फरार प्रतिवादी कायम गरिएको थियो। यस कसुरमा सर्वोच्च अदालतले सात जनालाई जन्‍मकैद सजाय सुनाएको थियो। एमाले सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका थिए।