काठमाण्डौ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको अरनिको यातायातको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ  ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेमध्ये ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको उद्दार गरी उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइसकिएको छ।

OM Sai Pathibhara Hospital

बस खिम्ति केउरिनि हुँदै मन्थली जाँदै थियो । घाइतेलाई उद्धार गरी उपचारका अस्पताल लगिएको छ ।