झापा । भद्रपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आकाश लिम्बु (बुद्धिमान) मनोनीत भएका छन् । विद्यालयको सभाहलमा सोमवार भएको पहिलो बैठकले लिम्बुलाई अध्यक्षमा पदमा मनोनीत गरेका हुन् । Screenshot_2024_0206_013721

जिल्लाकै पुरानो विद्यालय मध्येको  भद्रपुर माविको व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा आफूलाई सर्वसम्मत रुपमा मनोनीत गरेकोमा लिम्बुले  अभिभावक, शिक्षा प्रेमी ,बुद्धिजीवी, शुभचिन्तकहरूलाई धन्यवाद प्रकट गरेका छन् ।

OM Sai Pathibhara Hospital

लिम्बुले शिक्षाको गुणस्तर वृद्धि गर्न, भौतिक सुधार साथै विद्यालयको समृद्धि र विकासको निम्ति सुझावसँगै सधैँ सहयोग सहकार्यका लागि अपेक्षा समेत गरेका छन् ।