काठमाडौं । काठमाडौँ जिल्ला अदालतले अरुण चौधरीलाई मंगलबार रिहा गर्न आदेश दिएको छ । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान सकेर जमानीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरी सहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनीहरुलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो।

OM Sai Pathibhara Hospital

चौधरीले नियमविपरीत भए आफु जग्गा फिर्ता गर्न तयार रहेको बताएका थिए । सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् ।

Screenshot_2024_0206_005320