काठमाडौं  ।   मुगुको खत्याडमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ। खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा गएराति १ बजेतिर आगलागी भएको थियो।

आगलागीमा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताए। दुवै बालबालिकाको शरिर आगोमा जलेर डल्लो अवस्थामा फेला परेको र लिङ्ग पहिचना गर्न नसकिएको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

आगलागीबाट तीन दाजुभाइ लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जलेको छ। गोठमा भित्र रहेका चौपायाको पनि जलेर मृत भएको प्रहरीले जनाएको छ। भान्सा कोठाबाट आगो गोठमा छिरेर राति आगलागी भएको खत्याड गाउँपालिकाका वडाध्यक्ष हेमराज मल्लको भनाइ छ। आगोमा जलेका तीन वटै घरमा रहेको धनसम्पति पशु वस्तु, अनाज पूर्ण रुपमा क्षति भएको र क्षतिको एकीन विवरण आई नसकेको इलाका प्रहरी कार्यालय रातापानीका इन्चार्ज निवेन्द्र बुढाले बताए।Screenshot_2024_0205_163302