काठमाडौं  ।   मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन्। भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडपछि उनी बाहिरिएकी हुन्।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफू इण्डियन आइडलबाट बाहिरिएको बताएकी छन्। ‘आजबाट इण्डियन आइडलको मेरो यात्रा सकिएको छ। तर मेरो जीवनको सांगीतिक यात्रा भने भर्खर सुरु भएको छ। म पहिलाभन्दा सक्रिय रहेर गायन र प्रस्तुतिमार्फत सबैलाई अझै मनोरञ्जन दिनेछु। ईन्डियन आइडल सिजन १४ को टप १० सम्म पुर्याउन साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। यो मेरो सुरुवात हो, समाप्ती होइन। अहिलेको लागी ईन्डियन आइडलबाट बिदा माग्न चाहन्छु,’ उनले लेखेकी छन्

OM Sai Pathibhara Hospital

उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । मेनुकालाई आँखा देख्न सहज बनाउन चिकित्सकहरुले ‘एआई भिजन चस्मा’ उपलव्ध गराएका थिए ।