बिर्तामोड । झापा मेचीनगर– ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या आफ्नै बडाको छोरा रामजी किसान र कुकरसिंह किसानले गरेको खुलेको छ । नातामा दाजु पर्ने ५६ वर्षीय रामजी र ४८ वर्षीय कुकरसिंहले सुन्दरको हत्या गरी घर नजिकैको पैनीमा झाडीले लास छोपेका थिए ।

बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उनी घर नफर्किएपछि खोजी भएको थियो । उनको लाश बिहिवार बिहान स्थानीय पैनीमा झाडीले छोपेको अवस्थामा प्रहरीले फेला पारेपछि घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान अगाडि बढाएको थियो।

OM Sai Pathibhara Hospital

प्रहरीले उक्त हत्यामा दुई दिन अनुसन्धान गर्दा नाताले दाजु पर्ने रामजी किसान र कुकरसिंह किसानको संलग्नता रहेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।उनका अनुसार अनुसन्धानका क्रममा स्थानीय १५ जनालाई निगरानी गर्दै सोधपुछ गरिएको थियो । जसमा १३ जनालाई सामान्य सोधपुछ पछि घर पठाइयो थियो । तर, दुई जना भने शव फेला परेको समयमा भारत तर्फ फरार भएको र पछि नेपाल ल्याइ शंकाको घेरामा रहेका थिए ।

उनीहरू माथि थप अनुसन्धान अगाडि बढाइएकोमा अन्ततः उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।उनले हाल दुबै अभियुक्त प्रहरी हिरासतमा रहेको जनाउँदै उनिहरूलाई कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएर कानुनी प्रक्रिया अगाडि बढाउने बताए ।