काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर र पूर्वमा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ । आज बिहान मधेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसारम अहिले गण्डकी प्रदेशका थोरै स्थानहररू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

OM Sai Pathibhara Hospital

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।