बिर्तामोड / अवैध रुपमा भन्सार छली गरि ल्याएको लत्ताकपडा र समान प्रहरीले मोरङको छुट्टाछुट्टै दुई स्थानबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका-७ बाट अवैध रुपमा ल्याइएको लत्ताकपडा बरामद गरेको हो । प्लाष्टिकको बोरामा प्याक गरेर  लुकाई छिपाई राखेको अवस्थामा १५ लाख १ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद भएका लत्ताकपडालाइ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ । यस्तै विराटनगर-१६ बाट पनि प्रहरीले ४ लाख ९ हजार बराबरको समान बरामद गरेको छ । उक्त मूल्य बराबरको समान भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।