बिर्तामोड / झापाको दमक नगरपालिका-४ जनचेतना टोलमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १८ वर्षीय सुजन बि क रहेको प्रहरीले जनाएको छ । 

आइतबार दिउसो साँढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को २ त १७१ नम्बरको ट्याक्टर भएको थियो । घाईते भएका बि क लाई ट्रयाक्टर चालक र सवारी धनीले मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल लगेका थिए । उनको उपचारको क्रममा आइतबार दिउँसो सभा १ बजे  बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सवारी धनी मोरङ उर्लाबारी -५ का ४४ वर्षीय अशोक लिम्बू र चालक झापा दमक नगरपालिका-४ का  दिपेन कुरकोटीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।