काठमाडौँ / सोमबार सशस्त्र प्रहरी बलका निवर्तमान आइजीपी शैलेन्द्र खनालले अवकाश पाएसँगै आइजीपीमा बढुवा भएका पुष्पराम केसीले वैशाखमा नै अवकाश पाउने भएपछि आइजीपीका लागि प्रतिष्पर्धा सुरु भएको छ । केसीको कार्यकाल २१ दिनका लागि मात्र रहने भएपछि आइजीपी चयन गर्न डिआइजीबाट एआईजीको नियुक्तिले पनि महत्व राख्ने भएपछि एआईजीको लागि पनि प्रतिष्पर्धा सुरु भएको हो ।
बढुवा सिफारिस समितिले सशस्त्र प्रहरी बलमा रिक्त रहेको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा राजु अर्यालको नाम सिफारिस गरेपछि प्रतिष्पर्धा अझै बढेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको बैठकले डिआइजी अर्याललाई एआईजीमा बढुवाको सिफारिस गरेको छ ।
आइजिपीमा नियुक्त पुष्पराम केसीसँगै प्रतिष्पर्धामा होमिएका एआईजी रामशरण पौडेल पनि बैशाखमा अवकाशमा जाने भएपछि सरकारले भावी आइजीपीका लागि अहिले नै डिआइजीबाट एआईजीपीमा बढुवा गर्नु पर्ने भएको छ ।
डिआइजी अर्याल वरिष्ठताका आधारमा पहिलो नम्बरमा , दोस्रोमा नारायणदत्त पौडेल र तेस्रोमा चन्द्रप्रकाश गौतम रहेका थिए । अर्याल आइजिपी नियुक्त भएपछि पौडेल पनि आइजिपी हुन सक्नेछन् भने गौतम बीचैमा अवकाशमा जानेछन् ।