कञ्चनपुर / कञ्चनपुरमा एक युवकले आफ्नै खुट्टामाथी बन्चरो प्रहार गरेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका -७ शान्तिपुरका ४० वर्षीय गणेश लुहारले आफ्नै खुट्टामा बन्चरो प्रहार गरेका हुन् । प्रहरीका अनुसार बन्चरो प्रहारबाट लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको छ ।
आइतबार उनले छिमेकीको ट्युबवेलमा राखेर खुट्टामाथी बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहारबाट घाइते भएका लुहारलाई तत्कालै काटिएको खुट्टासहित महाकाली अस्पताल महेन्द्रनगर लगिएको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । पतिले दुःख दिएको भन्दै उनकी पत्नी धेरै दिनदेखि २ छोरीसहित माइतमा बस्दै आएकी र पत्नी नभएको अवस्थामा आफ्नै खुट्टा छिनाएका छिमेकीहरूले बताएका छन् ।