फिदिम / पाँचथरमा घर बनाउन शिलान्यास गर्ने क्रममा पहिरो झर्दा पुरिएर पुजारीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका –१ बुद्ध चोकका ६५ वर्षीय गोपाल ढुंगाना रहेका छन् । 

सोमबार बिहान ८ बजेतिर स्थानीय मदन पन्धाको घडेरीमा घर बनाउन पुजा गर्ने क्रममा ढुङ्गानाको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

थापाका अनुसार ढुंगानाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर लैजाने तयारी भइरहेको छ ।