बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ३ जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।

मे ५  प ५६५ नम्बरको स्कुटरमा भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका-२ का २६ वर्षीय अमृत राई र सोही स्थानका २२ वर्षीय सन्तोष ढकाललाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो ।

OM Sai Pathibhara Hospital

यसैगरी सोही स्थानबाट दमक नगरपालिका-५ का २२ वर्षीय राजेश गुरुङ लागूऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध डाईजापामएम्पुल, फेनारगनएम्पुललुपिजेसिकएम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।