विराटनगर  / भारतीय रेलवेले नेपालका जीएसए (बिक्री प्रतिनिधि)को टिकट बनाउने कम्प्युटरको लिंक काटिदिएको छ । भारतीय रेलवेले गत शनिबार देखि नेपालका जीएसएको लिंक काटिदिएको हो । 

नेपालीहरूले रेलमार्फत भारत जाँदा पहिलेनै टिकट गर्नु पर्ने हुन्छ । तर, रेलवेले लिंक काटिदिँदा रेलबाट भारतको यात्रा गर्ने हजारौँ नेपालीले टिकट पाएका छैनन् ।  

OM Sai Pathibhara Hospital

नेपालका दक्षिण सीमावर्ती शहरबाट पारि गएर भारतीय रेलवेको टिकट बनाउन सहज भए पनि एजेन्टको नेटवर्कले काम नगर्दा काठमाडौं, पोखरा लगायतका भित्री शहरमा सम्भव छैन। 

भारतीय रेलको टिकट बनाउँदै आएको विराटनगरको राधेश्याम टुर्स एन्ड ट्राभल्सका गोपाल पोद्दारले गत शुक्रबारदेखि भारतीय रेल वेले कम्प्युटरमा लाइन नदिएको बताए । यसबाट देशभरिमा दैनिक २ हजार नेपाली प्रभावित भएको उनको भनाइ छ।

व्यवसायी पोद्दारका अनुसार नेपालमा भारतीय रेलवेले ७ वटा जीएसए नियुक्त गरेको छ। केएल दुगड ग्रुपको ओरियन्ट प्याराडाइज ट्राभल्स एन्ड टुर्स, मुकेश राठीको जयगङ्गा ट्राभल्स, तनुज अग्रवालको कृष्णा ट्राभल्स, मारुती नन्दन ट्राभल्स, अदिति टुर्स लगायत छन्। 

उक्त ७ वटा जीएसएले विभिन्न सहरका लागि नियुक्त गरेका को–युजरको सङ्ख्या करिब ५० छ।