धरान / सुनसरीको झुम्का कारागारमा बुधबार कैदीबन्दीबीच झडप भएको छ । झडपमा परी छ जना कैदीबन्दी घाइते भएका छन् । 

कारागारको  ‘ए ब्लग’ का चौकीदार जोन नाल्बो र ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राईको सरुवा भएपछि चौकीदार बन्ने विषयमा झडप भएको हो । 

OM Sai Pathibhara Hospital

कारागार व्यवस्थापन विभागले ‘ए’ ब्लकका चौकीदार नाल्बोलाई भीमफेदी कारागार सरूवा गरेपछि लिम्बुको ठाउँमा चौकीदार बन्ने विषयमा कैदीबन्दीबीच झडप भएको जेलर प्रदीप साहले बताए।

घाईतेहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ। कारागार व्यवस्थापन विभागले ‘ए’ ब्लकका लिम्बुसहित ६ जनालाई भीमफेदी कारागारमा र ‘बी’ ब्लकका चौकीदार खड्गबहादुर राईसहित ६ जनालाई डिल्लीबजार सरूवा गरेको थियो।

‘बी’ ब्लकका चौकीदार राईसहित ६ जना डिल्लीबजार स्थानान्तरण भइसकेका छन्। ‘ए’ ब्लकका लिम्बु भीमफेदी पुगे पनि अन्य पाँच जना भने झुम्कामै छन्। उनीहरूलाई भीमफेदी पठाउने तयारी छ।

कारागार व्यवस्थापन विभागका अनुसार जेलमा कानुनसम्मत रूपमै चौकीदार चयन हुन्छन् । चौकीदारको पछिपछि विभिन्न तहमा ‘नाइके’ र भाइ नाइकेहरू हुन्छन् । कैदीहरूको व्यवस्थापन, औषधी–उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको भूमिका हुन्छ । 

उसले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ । यसबाट निकै राम्रो आम्दानी हुने भएकाले चौकीदार बन्न जेलभित्रका अपराधीहरू सक्रिय रूपमा लाग्ने गर्छन् ।

त्यसबाहेक पनि चौकीदार दिनभरी बाहिर घुम्न र स्वतन्त्र पूर्वक हिँडडुल गर्न पाउँछन् । साँझसम्म कारागार प्रवेश गरिसक्नुपर्ने दिनभरि जहाँ पनि हिँड्न मिल्ने र दिनभर अरू पनि धन्दा चलाउन पाइने भएकोले पनि कारागारको चौकीदार बन्न मरिहत्ते गर्दछन् ।