मोरङ / मोरङका एक युवक बिहीबार राति मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका-६ का हरि राजवंशीको घरमा सुतेका २८ वर्षीय तीर्थ निरौला राति ९ः२५ बजे मृत फेला परेको प्रहरीले जनाएको छ ।
पेट दुखेको भन्दै राजवंशीको घरमा आराम गर्न उनी ओछ्यानमा बसेको र केही समयमै निरौला मृत भेटिएका हुन् । उनी भोजपुर विराटनगर रुटमा चल्ने बसमा उनी सहचालकको काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।