काठमाडौँ /  गोकर्णेश्वर नगरपालिका –३ जगडोल बन कार्यालय नजिक जङ्गलमा मृत भेटिएकी नीला राईले आत्महत्या गरेको खुलेको छ । 

भोजपुरको हतुवागढी गाउँपालिका –२ घर भई हाल काठमाडौं महानगरपालिका –६ कपनस्थित सरस्वतीनगर बस्दै आएकी राईले आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । 

OM Sai Pathibhara Hospital

राई गत चैत २५ गते मृत फेला परेकी थिइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले विष सेवन पछि राईले बायाँ हातको नाडीमा ब्लेडले काटेको आत्महत्या गरेको बताएका छन् । 

घटनास्थलमा विषको बट्टा समेत पनि फेला परेको थियो ।

विदेशमा बस्ने एक पुरुषलाई नीलाले पैसा पठाएको र पैसा फिर्ता नपाउँदा उनले आत्महत्याको बाटो रोजेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।